जनकपुरधाम । धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीको बगरमा बिहीबार दिउँसो २ बजे लहरै ट्याक्टरहरु थिए । ती ट्याक्टरहरुमा मजदुरहरुले ढुंगागिट्टी र बालुवा भरिरहेका थिए । कमलापुलदेखि करिब तीन किलोमिटर क्षेत्रसम्मको बगरमा करिब २ सयदेखि ३ सयको संख्यामा ट्याक्टरहरु देखिन्थे । कमला नदीको बगरबाट उत्खनन गरिएका नदीजन्य पदार्थहरु पश्चिमी किनारका दुई ठाउँमा जम्मा…