बुटवल उपमहानगरकाे नागरिक बडापत्र अब ४ भाषामा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि उपमहानगरपालिकाले आजदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याएको हो । उपमहानगरमा बसोबास गर्नेमध्ये जनसङ्ख्याको अनुपातका आधारमा चार भाषामा तयार गरिएको नागरिक बडापत्र आज एक कार्यक्रमबीच नगर प्रमुख खेलराज पाण्डेयले…