new

स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चद्धारा आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना मल्ल प्रधान र ईश्वरप्रसाद खतिवडाको इजलासले संविधानको धारा २९५ अनुसार आयोगले मात्र …

सहमति पालना गर्दै प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौ।  सत्तासाझेदार कांग्रेससँगको सहमति पालना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राजीनामा दिएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट टेलिभिजन सम्बोधनमा राजीनामा घोषणा गरेका दाहालले राष्ट्रपति कार्यालयमा पुगेर मंगलबार नै राजीनामा पत्र बुझाए । प्रधानमन्त्रीले नेपाली राजनीतिमा इमानको कमी भएको उल्लेख गर्दै त्यस्तो परम्परालाई तोड्दै आफूले पदत्याग गरेको बताए । ‘मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी …

कहाँ कहाँ थपिएका २२ स्थानीय तह

काठमाडौं ९ जेठ । सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउने र तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बेलुका ८ बजेदेखि दुई घन्टासम्म बसेको बैठकले साबिकका २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको संख्या थप गर्ने निर्णय …

पौडेल समूहको निष्कर्ष- नेतृत्वकै कदमले कांग्रेस कमजोर

काठमाडौ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको गलत कार्यशैली र व्यक्तिगत स्वार्थकै कारण पार्टी दोस्रो स्थानमा पुगेको निष्कर्ष निकालेको छ । पौडेल समूहको सोमबार अनामनगरमा बसेको बैठकले सहरी क्षेत्रमा कांग्रेस पराजित हुनुमा पछिल्ला राजनीतिक घटनाक्रमलाई प्रमुख कारण मानिएको छ । बैठकमा सहभागि एक केन्द्रीय सदस्यका अनुसार राजदूत, प्रहरी महानिरीक्षक नियुक्ति …

स्थानीय तह थप्न कुरा मिलेन

काठमाडौं  । मधेसकेन्द्रित दलहरूलाई दोस्रो चरण निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहवृद्धिको प्रस्ताव ल्याए पनि राष्ट्रिय जनता पार्टी नेपालसहितका मधेसी शक्तिले अस्वीकार गरेका छन् ।आइतबार राति स्थानीय तह थपसम्बन्धी मन्त्रीस्तरीय तीन सदस्य र कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीलगायत दलका सांसदबीचको बैठकमा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तराईमा २० …

कस्ता आए जनप्रतिनिधि ?

काठमाडौ ।  हुन त उपमयेरकै टिकट हात पार्न कमला बस्नेतलाई लोकसेवा आयोगको परीक्षा दिएजस्तै भयो रे । उपमेयरमै ९ जनाले टिकट दाबी गरेका थिए । झन्डै २१ वर्ष सामुदायिक वनमा विभिन्न पदमा रहेर काम गरेको अनुभवका आधारमा अन्तत: उनैले भीमेश्वर नगरपालिकाको उपमेयरका लागि टिकट पाइन् । ‘तल्लो निकायदेखि नै निरन्तर काम गरेको हुँ,’ सामुदायिक वन …

प्रधानमन्त्री प्रचण्डले नै शिलान्यास गर्ने द्रुतमार्ग को

रमेश लम्साल,काठमाडौ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सो आयोजनाको शिलान्यास गर्ने तयारी गर्नुभएपछि आयोजनाले गति लिन लागेको हो । प्रधानमन्त्रीले बहुचर्चित र बहुप्रतिक्षित तराई मधेसलाई काठमाडौँ जोड्ने उक्त आयोजनाको शिलान्यास गर्ने र प्रक्रिया अगाडि बढाउने लक्ष्यका साथ आवश्यक तयारी गर्न सम्बन्धित …

भक्तपुरको मेयरमा प्रजापति निर्वाचित

भक्तपुर  । निकटम प्रतिद्धन्दीलाई चार गुणा भन्दा वढी फराकिलो मत अन्तरका साथ भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी भएका छन्। राति सवा नौ बजे सार्वजनिक नतिजा अनुसार निकटत प्रतिद्धन्दी नेपाली कांग्रेसका रामप्रसाद कासुललाई चौव्वर भन्दा वढी फराकिलो मतका साथ नेमकिपाका मेयर प्रजापति विजयी भएका हुन् । प्रजापतिले २५ हजार पाँच सय …

नेतृत्वमा धमाधम छानिँदै महिला

काठमाडौं ।  पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये झन्डै एक दर्जन स्थानमा विभिन्न दलका नेत्रीले प्रमुख पदमा जित हासिल गरेका छन् । उपप्रमुख पदमा भने अधिकांश स्थानमा महिला चुनिएका छन् ।माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणुको निर्वाचन क्षेत्र भरतपुर महानगरमा अन्तिम परिणाम आइनसके पनि देशभरका विभिन्न नगरपालिका र गाउँपालिकामा एक दर्जन महिला …

कसले मार्ला महानगरमा बाजी

काठमाडौं । ‘२ लाख मत गन्न बाँकी छ, एक–डेढ सय मत गन्दैमा कसले जित्छ भनेर कसरी भन्न सकिन्छ र ?’ काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको राष्ट्रिय सभागृह परिसर छेउमा एउटा पसलमा भेला भएका व्यक्तिहरूबीच चलिरहेको गफ हो यो । स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम सुरु भएसँगै र विभिन्न ठाउँमा मतगणना जारी रहेका बेला कसले कहाँ …

लोकप्रिय