महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छ वटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो । गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त…