एकैदिन ५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

मंगलबार सुनको भाउ बढेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

सोमबार १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य १ लाख १२ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ , हिजो १४ सय ५मा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।