मेची नदीमा हामफालेकी महिलाकाे उद्धार

मेची नदीमा हामफालेकी महिलाकाे उद्धार


काठमाडौँ ।

झापाको मेचीनगर नगरपालिका-१ तिरिङ दोभानस्थित मेची नदीमा १ महिलाले हाम फालेकी छन्। शुक्रबार एक महिलाले हाम फालेकामा प्रहरीले उद्धार गरेको छ।

सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको नदीमा हाम फालेको अवस्थामा उद्धार गरेको हो ।

उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको थियो । उनलाई आफन्तको जिम्मा लगाइएको छ ।

उनले किन हामफालिन् भन्ने कारण खुल्न सकेकाे छैन ।