ढुङ्गाले हानेर आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

ढुङ्गाले हानेर आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ


कैलाली ।

जानकी गाउँपालिकाका एक युवक आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।

जानकी गाउँपालिका-३, लाइकपुरस्थित चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई आफ्नै बुवाको हत्या गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादका क्रममा छोराले बुवालाई ढुङ्गा प्रहार गर्दा बुवाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।