बल्लतल्ल ७ वर्षमा बनेको पुल १० महिना नपुग्दै भत्कियो

बल्लतल्ल ७ वर्षमा बनेको पुल १० महिना नपुग्दै भत्कियो


वीरगन्ज ।

२०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।

नयाँ पुल सञ्चालनमा आएपछि राहत महसुस गर्दै खुशी भएका त्यस क्षेत्रका जनता सञ्चालनमा आएको १० महिना नबित्दै पुल भत्किन थालेपछि फेरि सडकजामको समस्या भोग्नुपर्ने होकी भनेर चिन्तामा परेका छन् ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार ठाकुरले पुलको ‘एप्रोच सडक’ भाँसिएको र सडक भत्किएर खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको बताए ।

हामीले भत्किएको एप्रोच सडक मर्मत गर्न आज पत्राचार गरेका छौं । आजै स्थलगत निरीक्षण गरी पुल निर्माणको ठेक्का लिएको पप्पु–लुम्बिनी जे.भी.लाई तीनदिन भित्रमा भासिएको सडक पुरी सञ्चालनमा ल्याउन भनेका छौं’ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर ठाकुरले बताए ।