new

नायिका मनीषा ‘डियर माया’माबाट चलचित्रमा छिर्ने

Published Date: May 6, 2017

काठमाण्डौ । अभिनेत्री मनीषा कोइराला लामो समयपछि अभिनयमा फर्किने भएकी छिन् । निर्देशक इम्तियाज अलीका सहायक सुनैना भटनागरको चलचित्र ‘डियर माया’बाट फेरि उनी चलचित्र दुनियामा आउने भएकी छिन ।
हालैमात्र चलचित्रको एउटा टिजर सार्वजनिक भएको छ, जसमा कोइरालाको परिवर्तित अभिनय हेर्न लायक छ ।

चलचित्रमा कोइराला एक अधवैंश महिलाको भूमिकामा देखिएकी छिन् । चलचित्रको फस्टलुक निकै आकर्षक छ । यस्तै मनीषालाई सञ्जय दत्तको बायोपिक चलचित्रमा पनि देख्न पाइने भएको छ ।

सन् २०१२ मा मनीषाको पाठेघरमा क्यान्सर भएको थियो । अमेरिकामा करिब ६ महिनाको उपचारपछि उनी पूर्ण रुपले क्यान्सरमुक्त भएकी छिन् ।

लोकप्रिय