सवा सय किलाे गाँजासहित ६ जना पक्राउ, गाडी र बाइक पनि नियन्त्रणमा

सवा सय किलाे गाँजासहित ६ जना पक्राउ, गाडी र बाइक पनि नियन्त्रणमा


file photo

काठमाडौं ।

सशस्त्र प्रहरीले करिब १२० किलो गाँजा बोकेको सुमो गाडी र मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ।

शुक्रबार सुनसरीको बराहक्षेत्र- १ चतरा पुलनजिकै बराहक्षेत्र जाने सडकखण्डबाट सशस्त्रले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक तथा सुनसरी जिल्लाको देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा राखी भारततर्फ लैजाँदै गरेको गाँजासहित उनीहरुलाई नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो।

यस्तै प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकलले सो गाडीलाई स्कटिङ्ग गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए।