हेरोइन तस्करीको आरोपमा कांग्रेस सांसद पक्राउ

हेरोइन तस्करीको आरोपमा कांग्रेस सांसद पक्राउ


नयाँदिल्ली ।

पञ्जाब प्रहरीले ठूलो कारबाही गरेको छ ।

प्रहरीले पञ्जाब कांग्रेसका विधायक (सांसद) सुखपाल खैरालाई पक्राउ गरेको छ ।

पञ्जाबको भुल्थाका कांग्रेस विधायक सुखपाल खैरालाई जलालाबाद प्रहरीले बिहीबार बिहान करिब ५ बजे पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न जलालाबाद प्रहरी खैराको चण्डीगढस्थित निवासमा पुगेको थियो । उनीविरुद्ध पुरानो एनडीपीएस ऐन मुद्दा चलिरहेकोले सोही अनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, कांग्रेस विधायकले मुख्यमन्त्री भगवन्त मानले आफूविरुद्ध शत्रुता राखेको आरोप लगाएका छन् ।

पक्राउ परेका ती कांग्रेस विधायकलाई ११ः१५ बजे जलालाबाद अदालतमा पेश गरिनेछ।

समाचार अनुसार २०१५ मार्च ५ मा जलालाबाद प्रहरी चौकी सदरले हेरोइन र हतियारसहित आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये कपुरथलाका एक जना अभियुक्तलाई तत्कालीन सुखपाल खैराको नाम उल्लेख गरेका थिए ।

सो बयान पछि सुखपाल सिंह खैरालाई पनि मुद्दामा अभियुक्त बनाइएको थियो । स्रोतका अनुसार खैराले सर्वोच्च अदालतबाट यो मुद्दा जितेका थिए, यद्यपि यसको पुष्टि भइसकेको छैन ।

जानकारीका अनुसार जलालाबाद प्रहरी खैराको चण्डीगढस्थित घरमा पुग्दा खैराले आपत्ति जनाएका थिए । पहिले पक्राउ पुर्जी देखाए पछि मात्रै पक्राउ गर्न सकिने उनले बताए । यस विषयमा प्रहरी र खैराबीच विवाद भएको थियो । यो सम्पूर्ण घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

त्यसपछि खैराले यो सबै कारवाही बदलाको भएको बताए । उनले यो पनि भनेका छन, ‘यो पक्राउ कुनै पनि हालतमा सहय छैन् ।’ उनका छोरा मेहताब खैराले यस विषयमा अदालत जाने बताएका छन् ।

यसैबीच, विधान सभामा विपक्षी दलका नेता प्रताप सिंह बाजवाले यो कारबाहीको आफुहरुले विरोध गर्ने जनाएका छन । यस विषयमा पार्टीले छिट्टै सङ्घर्षको घोषणा गर्ने उने बताए । उनका अनुसार कांग्रेस नेता सुखपालसिंह खैराले दिनहुँ सरकारको झुट पर्दाफास गर्ने भएकाले उनलाई निशाना बनाइएको हो ।