मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ

मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ


जनकपुरधाम ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ का आयुर्वेद चिकित्सक अरुणकुमार झा रहेका छन् ।

मौखिक उजुरीको आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।