अम्बाको नयाँ हेल्मेट बजारमा

अम्बाको नयाँ हेल्मेट बजारमा


काठमाडौं ।

टु ह्विलर स्पेयर पार्ट्स एवं एसेसोरिजको कारोबारमा स्थापित कम्पनी अम्बा ग्रुपले नयाँ हेल्मेट भित्र्याएको छ ।

कम्पनीले शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी भारतको साई ग्रुपद्वारा उत्पादित हेड्ज ब्रान्डको एक्स्टर हेल्मेट लन्च गरेको हो ।

कम्पनीले यसअघि सोही ग्रुपद्वारा उत्पादित एएनजी, एरोस्टार र रिप्ले ब्रान्डका हेल्मेट आयत गरी बिक्री वितरण गर्दै आएको थियो ।कार्यक्रममा साई ग्रुपका प्रबन्ध निर्देशक सञ्जीव कपुर र अन्य प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।

टु ह्विलर स्पेयर पार्ट्स उत्पादनमा भारतको लोकप्रिय कम्पनीका रूपमा साई ग्रुपले आफ्नो विशिष्ट पहिचान कायम गरेको कपुरले बताए ।

उनले भने, ‘नेपालमा अम्बा ग्रुपसँग हामीले एक दशक भन्दा बढी समयदेखि सहकार्य गर्दै आएका छौ । हामीले उत्पादन गर्ने टु ह्विलर र थ्री ह्विलरको वडी पार्टस्, हेल्मेट र अन्य स्पेयर पार्ट्सको बिक्रीमा यो ग्रुपले ठुलो योगदान पुर्‍याउँदै आएको छ । भोलिका दिनमा हाम्रो सहकार्य अझै मजबुत बन्दै जाने विश्वास लिएका छौ ।’ यूरोपको प्रख्यात हेल्मेट उत्पादक एमटीसँगको सहकार्यमा उत्पादन भएको यो नयाँ हेल्मेट सुरक्षित र बलियो रहेको उनले जिकिर गरे ।

अम्बा ग्रुपका प्रबन्ध निर्देशक अरुण अग्रवालले साई ग्रुपद्वारा उत्पादित हेल्मेट र स्पेयर पार्ट्स नेपाली बजारमा लोकप्रिय बनिरहेको बताए । ‘आज लन्च भएको नयाँ हेल्मेट बलियो र सुरक्षितको साथै आकर्षक ग्राफिक्स सहित आएका कारण यसले छिट्टै बजारमा राम्रो प्रभाव पार्नेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

२ दशकदेखि स्पेयर पार्ट्सको कारोबार गर्दै आएको यो ग्रुपले नेपाली बजारमा अन्य थुप्रै ब्रान्डका स्पेयर पार्ट्स समेत आयत गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने सबै जसो ब्रान्ड ओईएममा सप्लाई हुने उच्च गुणस्तरयुक्त रहेको अग्रवालले जानकारी गराए । कार्यक्रममा देशभरबाट रिटेलर र मेकानिक्सहरु सहभागी भएका थिए ।