तनहुँमा साढे २८ कराेड लगानीमा १२ सिँचाइ योजना निर्माण हुँदै

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माण अघि बढाइएको छ। ती योजना निर्माण गर्नका लागि कुल २८ करोड ५९ लाख रुपैयाँको सम्झौता गरिएको छ । आयोजनाका लागि चालु आर्थिक वर्षमा ६ करोड २० लाख बजेट विनियोजन गरिएको छ। संघको विशेष अनुदान र गण्डकी प्रदेश सरकारले…