मिलनचोक-रातोढुंगा प्रसारण लाइन आयोजनाको परीक्षण सुरु

म्याग्दी । म्याग्दीमा ३३/११ केभी क्षमताको मिलनचोक-रातोढुंगा प्रसारण लाइन आयोजनाको परीक्षण सुरु भएको छ। पर्वतको जलजला गाउँपालिका-४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुंगा जोड्ने २२ किलोमिटर दुरीको प्रसारण लाइनबाट रातोढुंगामा निर्माण भएको ३३/११ केभी क्षमताको सबस्टेसन विद्युत् आपूर्ति गराउन परीक्षण थालिएको हो। नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले करेन्ट प्रवाह गरिने भएकाले मिलनचोक-रातोढुंगा…