Logo

नेपालीबिरुद्ध अपनाजनक टिप्पणी गरेकी अल्का लाम्बाको दिल्ली विधानसभा निर्वाचनमा लज्जास्पद हार



काठमाडौं । गत वर्ष नेपालविरुद्ध विवादास्पद र अपमानजनक टिप्पणी गरेकी अल्का लाम्बा दिल्ली विधानसभाको निर्वाचनमा अभिव्यक्ति दिएकी कांग्रेस नेतृ अल्का लाम्बा दिल्ली विधानसभा निर्वाचनमा नराम्रो हार भोगेकी छन् ।

चाँदनीचोकमा ७७ हजार १९९ मत खसेकोमा आम आद्मी पार्टीका प्रल्हादसिंह साहनीले ५० हजार ८९१ मत ल्याएर विजयी भए भने भारतीय जनता पार्टीका सुमन कुमार गुप्ताले २९ हजार ५८४ मत ल्याए ।

कांग्रेसबाट चाँदनीचोकको उम्मेदवार बनेकी अल्का लाम्बाले भने ३ हजार ८८१ मत अर्थात ५ प्रतिशतमात्रै मत ल्याइन् ।

सन् २०१५ को आम निर्वाचनमा उनले आम आद्मी पार्टीबाट उम्मेवार बनेर जीत हासिल गरेकी थिइन् । गत वर्ष आप छाडेर कांग्रेस प्रवेश गरेकी लाम्बा कांग्रेसबाट उम्मेदवार बनेकी थिइन् । तर उनी चाँदनी चोक क्षेत्रबाट पराजित भएकी हुन् ।

गत वर्ष लोकसभा निर्वाचनका क्रममा भारतीय जनता पार्टीले ‘चौकिदार’ को रुपमा आफूलाई ब्याख्या गरेपछि कांग्रेसले ‘चौकिदार चोर छ’ भन्ने नारा लगाएको थियो । सो क्रममा लाम्बाले ‘चौकिदार नेपालबाट ल्याउन सकिने’ भन्दै नेपालीको मनमा चोट पुर्‍याउने अभिव्यक्ति दिएकी थिइन् ।

उनको सो भनाईको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी थिइन् । चाँदनी चोकबाट लाम्बालाई आम आद्मी पार्टीका प्रहलादसिंह साहनी र भारतीय जनता पार्टीका सुमन कुमार गुप्ताले चुनौती दिएका थिए ।

लाम्बाले आफ्नो पराजय स्वीकार गरेकी छन् । उनले भनेकी छन्, ‘म परिणाम स्वीकार गर्दछु, हार होइन ।’ उनले हिन्दू र मुस्लिम मतदातालाई पूर्ण रुपमा ध्रुविकरण गरिएको उल्लेख गर्दै अब कांग्रेस एउटा नयाँ लडाई र दिल्लीका जनताको लामो संघर्षका लागि तयार हुनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्