Logo

प्रतिबन्धित पार्टीका नेता समाउन जाँदा प्रहरी जवानलाई गोली लाग्यो



काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका नेतालाई पक्राउ गर्न गएको बेला बर्दियाको मधुवन–४ मा आफैंले बोकेको बन्दुक पड्किएर एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान गंगाराम चौधरी छन् ।

विप्लव समूहका जिल्ला जनपरिषदका अध्यक्ष जयबहादुर ठाडामगर र डिसिएम रोहित सुनारलाई पक्राउ गर्न जाँदा यस्तो घटना भएको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घम्साघम्सी भएको थियो । सोही क्रममा चौधरीले बोकेको बन्दुक पड्केको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

गोलीले चौधरीको तीघ्रामा चोट लागेको छ । उनको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्