Logo

प्रहरी हिरासतमै आत्महत्या प्रयास गरेका हेम राउतको उपचारका क्रममा निधन



काठमाडौं । प्रहरी वृत नयाँबानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्या प्रयास गरेका हेम राउतको मृत्यु भएको छ । आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या प्रयास गरेका हेमलाई प्रहरीले तत्काल सिभिल अस्पताल लगेका थिए ।

सिभिल अस्पतालमा उपचारको सम्भवना नभएपछि उनलाई भेनस अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको सोमबार राति १ बजे निधन भएको प्रहरीले जनाएको छ । उनी लागु औषध मुद्दामा पक्राउ परेको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले बताए ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा लगिएको छ । प्रहरीका अनुसार राउत बानेश्वर, कोटेश्वर र शंखमुल क्षेत्रमा चोरीमा संलग्न पटके हुन् । पछिल्लो एक वर्षमा उनी तीन पटक धरौटी बुझाएर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्