Logo

आज भक्तपुरमा चर्चित र्यापर ‘भिटेन’ को कन्सर्ट



भक्तपुर । ममता केन्द्र नेपालको आयोजनामा भक्तपुरमा चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’को कन्सर्ट हुने भएको छ । आज शुक्रबार उनको कन्सर्ट आयोजना हुन लागेको हो ।

भक्तपुरमा यो नै भिटेनको पहिलो कन्सर्ट हो । महेश्वरी खेल मैदानमा हुने कन्सर्टमा विभिन्न चर्चित गायक, गायिकाको समेत प्रस्तुति रहने छ ।

कार्यक्रममा भिटेनसँगै गायक सरोज लामिछाने, संन्जिब वाइवा, अमिर दोङ, सुस्मा मोक्तान, इसेन्स ब्याड, हास्यकलाकार गोकुल तामाङ, बेली डान्सर बिनु सक्य लगायतको प्रस्तुति रहने आयोजक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्