Logo

गुल्मीबाट २६ किलो लागूऔषध चरेससहित एक जना पक्राउ



गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट २६ किलो लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका–३, रजवाराका ३३ वर्षीय बालाराम पुन रहेका छन् ।

प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले प्युठानबाट गुल्मी तर्फ ल्याउँदै गरेको अवस्थामा सुराकीको आधारमा उनलाई २६ किलो चरेससहित नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।

पक्राउ परेका पुनलाई लागूऔषध ओसारपोसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको घलेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्