Logo

सुनको मूल्य तोलाको ७२ हजार पाँच सय रुपैयाँ पुग्यो



काठमाडौं : तीज नजिकिँदै गर्दा सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ। आइतबार सुनको मूल्य बढेर तोलाको ७२ हजार पाँच सय रुपैयाँ पुगेको छ।

यसअघि साउन ३० मा तोलामा ७१ हजार ५ सम्म पुगेको थियो। त्यसपछि ७१ हजार पुगेको सुनको भाउ तोलाको ७१ हजार तीन सयमा कारोबार हुँदै आएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। निरन्तरको भाउ वृद्धिले सुनचाँदी बजारमा सुन किन्नेको भन्दा बेच्नेको संख्या बढेको छ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts