Logo

भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन



नयाँ दिल्ली : भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लीको ६६ वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो सरकारका वित्तमन्त्री रहेका जेट्लीको आज एम्स अस्पतालमा निधन भएको हो । अस्पतालका प्रवक्ता आरती विजका अनुसार आज दिउँसो १२ बजेर ७ मिनेटमा उनको निधन भएको हो ।

अस्पतालमा उपचार गराइरहेका जेट्लीलाई भेट्न अघिल्लो हप्ता रक्षामन्त्री राजनाथ सिंह अस्पताल पुगेका थिए । स्वासप्रस्वासमा समस्य भएपछि उनलाई यही महिना नयाँ दिल्लीको अखित भारतीय आयुर्विज्ञान संस्थान (एम्स) भर्ना गरिएको थियो । उनी आइसियूमा थिए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts