Logo

लोकगायक विमलराज क्षेत्रीको शुक्रवार साँझ सार्वजानिक (भिडियो सहित)



काठमाडौं । लोक गायक विमलराज क्षेत्रीले आफ्नो युट्युब च्यानलमार्फत ‘शुक्रबार साँझ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले बिहीबार साँझ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा क्षेत्रीलाई गायिका रितु थापाले स्वर दिएर साथ दिएकी छन् । करिव एक दशकअघि ‘सुपारी चाम्रो’ बोलको लोक गीतबाट चर्चित बनेका गायक क्षेत्रीले लामो समयपछि गीत सार्वजनिक गरेका हुन् ।

गीतमा प्रल्हाद सुवेदीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोलाई रञ्जित कुमार क्षेत्रीले निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Recent Posts