डेढ किलाे सुन र १ कराेडबढी नगदसहित ७ जना पक्राउ

डेढ किलाे सुन र १ कराेडबढी नगदसहित ७ जना पक्राउ


काठमाडौं ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा ३ भारतीय नागरिक रहेका छन् भने ४ जना नेपाली छन् । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बढु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीइ गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका-३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन् ।

बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।