पारिश्रमिक नबढाए एसइईको उत्तरपुस्तिका नजाँच्‍ने शिक्षकहरूकाे धम्की

पारिश्रमिक नबढाए एसइईको उत्तरपुस्तिका नजाँच्‍ने शिक्षकहरूकाे धम्की


काठमाडौँ ।

शिक्षक सङ्गठनहरूले पारिश्रमिक नबढाएसम्म एसइईको उत्तर पुस्तिका नजाँच्ने भएका छन् । उनीहरूले २०७२ सालदेखि उत्तर पुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तर पुस्तिका नजाँच्ने एक विज्ञप्ति निकादै जानकारी गराएका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक सङ्घका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका सचिव शैलशबहादुर प्रधान र प्रगतिशील शिक्षक सङ्गठनका अध्यक्ष गोविन्द चिलवालले उत्तर पुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

परीक्षा नियन्त्रक ९कक्षा १०० लाई सम्बोधन गरिएको विज्ञप्तिमा छ, ‘पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने बेहोरा अवगत गराउँदै पुन: ध्यानाकर्षण गराउँछौँ ।’ यसबाट पर्न जाने असर प्रति सङ्घीय सरकार नै जिम्मेवार हुनुपर्ने उनीहरूले बताएका छन् ।