“गिरिजाबाबु सेल्फ मेड म्यान हो”

“गिरिजाबाबु सेल्फ मेड म्यान हो”


सदाबहार अर्थात् सधै जवान तथा फूर्तिलो । आकर्षक व्यक्तित्व भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ले वातावरणलाई रमणीय बनाई राख्ने सूचना विभिन्न पाठ्य समाग्रीबाट प्राप्त हुन्छ नेपाली राजनीतिकर्मीहरुमा गिरिजाबाबुको राजनीतिक ग्राफ अकल्पनीय छ । मजदुर आन्दोलनदेखि पटक–पटक प्रधानमन्त्री र कार्यकारी प्रधानमन्त्री तथा राष्ट्र प्रमुखको भूमिकामा जिम्मेवार र सफल नेतृत्व गरेका गिरिजाबाबुको छाप “कम बोल्ने तर बोलेको विषयलाई टुङ्गोमा पुर्याउने अडिक नेताको छ । थुप्रै अतुलनीय कार्यको निरन्तरताले गिरिजा बाबुका राजनीतिक जीवनको “वासलात” सकारात्मक छ । गिरिजाबाबु ब्रम्ह्लिन भएपछि विभिन्न विद्याका अगुवा, नेपाली काँग्रेसका नेता तथा नेपाली काँगे्रस इतरका व्यक्तित्वहरुले उहाँको बारेमा प्रकट गरेका आ–आफ्नो धारणबाट प्रष्ट हुन्छ । गिरिजाबाबु साच्चिनै सदाबहार व्यक्तित्व हो । गिरिजाबाबुको २०६७ चैत ७ गते निधन भएको थियो । गिरिजाबाबुको निधनले तत्कालीन अवस्थामा नेपाली राजनीतिले नयाँ मोड लिएको थियो ।
“टेवुल कुर्सीमा बसेर होइन, व्यवहारबाट प्रजातन्त्रको अध्यापक”
–डा. शेखर कोइराला “
दिल्लीको कालकाजी भन्ने स्थानको घरमा गिरिजाबाबुको प्रत्यक्ष नेतृत्वमा १२ बुँदे समझदारी निर्माण भएको हो । भारतीयहरु संलग्न भएर १२ बुँदे बनाएको भन्ने गलत हो । कृष्ण सेनको माध्यमबाट प्रचण्डसँग सम्पर्क भएको हो । गिरिजाबाबु कृष्ण सेनलाई लुकेुर काम गर्न भन्नुहुन्थ्यो । पछि राज्यले कृष्ण सेनजीलाई बेपत्ता पा¥यो । गिरिजाबाबुकै निर्देशनमा मलाई र गोबिन्दराज जोशीलाई माओवादीसँग कुरा गर्न दिल्ली पठाउनु भयो । त्यसबेला बाबुराम भट्टराई, कृष्णबहादुर महरा, देव गुरुङ्ग, बामदेव क्षेत्री हुनुहुथ्यो । २०५९ जेठ ८ मा राजा ज्ञानेन्द्रबाट संसद विघटन भयो । बाबुरामजीले यस्तो अवस्थामा कुरा गरेर फाइदा छैन भन्ने जवाफ दिए । माघ १९ पछि डा। शेखर कोइराला दिल्ली पुग्नु भयो । पछि कृष्णप्रसाद सिटौला, महन्थ ठाकुर र रामवरण यादव पनि दिल्ली पुग्नु भयो । त्यसपछि गिरिजाबाबु, डा। शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, माधवकुमार नेपाल, केपी शर्मा ओली, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, प्रचण्ड, बाबुराम भट्टराई, कृष्ण बहादुर महरा लगायतको उपस्थितिमा १२ बुँदे समझादारीमा हस्ताक्षर भएको हो । माओवादी बहुदलीय प्रतिस्पर्धामा आउने र काँग्रेस गणतन्त्रमा जाने सहमती पश्चात् देशले निकास पाएको हो ।
“गिरिजाबाबु सेल्फ मेड म्यान हो”
–डा,शशांक कोइराला

डा शशांक कोइरालाको स्मरणमा घरबाट साइकल, एउटा झुल, हाते माइक, एउटा झण्डा र एकजना साथी प्रायः ९मनहरि बराल० सँगै आइतबार निष्केर शुक्रबार गिरिजाबाबु घर फर्कनुहुन्थ्यो । गिरिजाबाबु केटा केटि प्रिय हुनुहुन्थ्यो । हामी उहाँलाई देख्नासाथ झुम्मिन्थ्यौं रमाइलो कुराकानी र चकलेटहरुको स्वाद अझै स्मरणीय छ ।

मलाई लाग्छ “वीपीलाई वीपी बनाउन गिरिजाप्रसादले ठूलो योगदान गर्नुभयो तर गिरिजाप्रसादलाई वीपीले कहिल्यै अघि वढ्न दिनुभएन । गिरिजाबाबुको सांगठनिक कार्यले उहाँको हक थियो मोरङ्गको सभापति बन्ने । तर वीपीले भन्नुभयो “हेर गिरिजा म छँदै छु, अहिले नै तैले पदलिने होइन ।” तर सानुबाबुले कहिल्यै हार मान्नु भएन । धेरैजसो मानिसहरुमा एउटा निश्चित उमेर पछि सक्रियता र परिवर्तनप्रतिको लगाव घट्छ । तर गिरिजाबाबुमा यो सिद्धान्त लानु भएन । आफ्नै कर्मले उहाँ अमर हुनुभयो ।

“सानो बुबा मेरो आदर्श”
–सुजाता कोइराला
सानो बुबा भन्नुहुन्थ्यो “राजनीति गर्न त्यति सजिलो छैन । कसैले सुख, समृद्धि र शक्तिको आशा राखेर राजनीति ग(यो भने त्यो व्यक्ति जनताको सच्चा नेताको रुपमा कहिल्यै स्थापित हुन सक्दैन । ऊ कसैको अनुयायी वा पिछलग्गु भएर रहन पुग्छ । राजनीतिमा लाग्ने व्यक्तिले सँधै आफ्नो आस्थामा अडिग हुन र जनताको बृहत्तर हित हेर्न सक्नुपर्छ । नेपालको स्वाधिनता र नेपालीको लागि के सही हो तथा नेपाली जनताको इच्छा के हो रु त्यो बुझेर अगाडि बढ्ने नेतामात्र सफल हुन सक्छ ।”

सुजाता कोइराला १३ वर्षकी हुँदै आमा सुष्मा कोइरालाले सँधैका लागि छाडेर संसारबाट बिदा हुनुभयो । अरु छोरीहरुले झै पिताजी ९गिराजीबाबु०लाई एकलौटी बनाउन पाइनन् । आफ्नो पिताको आफूप्रतिको स्नेह र प्रेम उहाँले कहिले जेलबाट र कहिले निर्वासनबाट पठाएका पत्रबाट अनुभव गर्नुपथ्र्यो । पिताजीले पठाईदिएको उपहारसँग खेलेर आफ्नो पिताको स्नेहको अनुभव गरेको स्मरण सुजाता कोइरालासँग छ ।

गिरिजाबाबु सुजाता कोइरालालाई “सोचेर काम गर १ राजनीति एकदमै गाह्रो काम हो, धेरै कठिन छ अघि बढ्न, धेरै आत्तिएर र धेरै मात्तिएर काम गर्ने मान्छे असफल हुन्छ ” भन्नुहुन्थ्यो । पिताजीलाई बाचुन्जेल सहयोग पु(याएँ र अब पनि उहँको अन्तिम इच्छा भनौं वा सपना साकार बनाउन आफ्नो जीवन अर्पण गर्ने अठोट लिएकी छु ।