डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि आक्रमण

डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि आक्रमण


काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमण भएको छ । कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आफूमाथि कुर्सी प्रहार गरेको जोशीले बताए । बैठकको एजेण्डामा नै छलफल भएको थिएन, ७ नम्बर वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कुर्सीले हाने, जोशीले भने । कुर्सी प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ ।

वडा नं ७ का वडाध्यक्ष कर्णबहादुर धामीका अनुसार बैठकमा मेयर भरत बडायर जोशीले एजेण्डा राखेपछि उपमेयर विमलाकुमारी जोशीले त्यसमाथि धारणा राख्दै थिइन् । त्यही क्रममा केही कार्यपालिका सदस्यले उपमेयरमाथि अमर्यादित टिप्पणी गरेपछि विवाद सुरु भएको वडाध्यक्ष धामीले बताए । वादविवादपछि दोहोरो हानाहान भएको भन्दै उनले आफूले भने कुर्सी नहानेको दाबी गरे ।