मोरङमा टिपरको ठक्करबाट मृत्यु हुनेकाे संख्या ३ पुग्याे

मोरङमा टिपरको ठक्करबाट मृत्यु हुनेकाे संख्या ३ पुग्याे


मोरङ ।

मोरङमा टिपरको ठक्करबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ।

आज बिहान मोरङको बेलबारी नगरपालिका- ३ पुरानो मालपोत अगाडि प्रदेश १ ख ९६७६ नम्बरक टिपरले मे १ ज २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा त्यसमा सवार २ जनाकाे मृत्यु भएकामा थप एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए।

दुर्घटनाबाट बोलेरोमा सवार कमल गाउँपालिका-२ झापाका ५२ वर्षीय यदुकान्त भट्टराई, सोही ठाउँका ४४ वर्षीया गीता खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको छ।

सोही ठाउँका ४८ वर्षीया गायत्री भट्टराई र ४६ वर्षीय हरी खनाल घाइते भएको डिएसपी दाहालले जानकारी दिए। उनीहरूको अवस्था गम्भीर रहेको र विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

डिएसपी दाहालका अनुसार टिपरको ठक्करबाट बोलेरो उछिट्टिएर प्रदेश ३ ००१ ख २७१८ नम्बरको बसमा ठोक्किएको थियो।

टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए।