प्रसूति गृहबाट २६ दिने शिशु चाेरी !

प्रसूति गृहबाट २६ दिने शिशु चाेरी !


काठमाडौँ ।

काठमाडौँको थापाथलीस्थित पराेपकार प्रसूति गृहबाट नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

काठमाडौँ प्रहरी प्रवक्ता नवराज अधिकारीले शुक्रबार दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रहरीका अनुसार काभ्रे घर भएकी महिलाको २६ दिनको नवजात छोरी हेरिदिने भन्दै एक महिलाले लिएर भागेको उजुरीमा उल्लेख छ ।