Logo

बुतिवाङ्गबसीलाई रुवाए गायक गर्बुजाले (भिडियो सहित )



♦शितल शर्मा ,बुर्तिवाङ्ग,बाग्लुङ्ग । लोकगायक खड्ग गर्बुजाले बाग्लुङ्गको पश्चिमभेगका रहेको ब्यापारीक केन्द्र बुर्तिवाङ्गमा आयोजना गरिएको ढोरपाटन महोत्सव २०७५ पहिलो पटक उहाँले आफ्ना गीत प्रस्तुत गर्नुभयो । महोत्सवमा गायक बैठकुण्ठ महत गायिका जुना श्रीष सगै बुर्तिवाङ्गमा आउनुभएका गायक गर्बुजाले आफ्ना गीतहरु प्रस्तुत गर्नुभयो ।

म्याग्दीमा जन्मेर हुर्केका गर्बुजाले आफ्ना आधा दर्जन भन्दा बढी गीतहरु गाउनुभएको थियो । राती अबेर सम्म भएको कार्यक्रममा दर्शकहरु उत्साहितरुपमा सहभागी भएका थिए । उत्तरगंगा बिद्यालयको प्राङ्गगणमा भएको कार्यक्रमा गायक गर्बुजाले बाग्लुङ्ग जिल्ला कलाक्षेत्रले महत्वपुर्ण जिल्ला रुपमा स्थापित भएको स्मरण गराउनुभएको थियो । ह्वीयलचीयरको सहरामा मञ्च उक्लेका गर्बुजाले आफुले बजारमा ल्याएका दुख, सुख, कथा, ब्यथाका गीतहरु दशृक सामु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गायक बैकुण्ठ महत गायिका जुना श्रीषले गीतहरु प्रस्तुत गर्नुभएको थियो । बुर्तिबाङ्ग उद्योग बाणिज्य महासंघका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सञ्चारकर्मी एबंम गायिका शितल शर्माले सञ्चालन गर्नुभएको थियो ।

भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्

Recent Posts