Logo

प्रधानमन्त्री ओली तामाकोशी निरीक्षणमा



२८ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षणमा आयोजना स्थल पुगेका छन् ।काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका

४ सय ५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि प्रधानमन्त्री ओली बुधबार त्यहा पुगेका हुन् । स्थलगत निरीक्षणमा प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्ने बताएका छन् ।

उनले सम्वद्ध अधिकारीहरुलाई निर्देशन दिँदै भने ‘यो आयोजना समयमा नबन्दा प्रत्यक्ष मात्रै होइन यसबाट अप्रत्यक्ष रुपमा झन ठूलो नोक्सानी हुन्छ, त्यसैले कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनू, जसरी भए पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नू ।’

यस आयोजना २०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएको छ । तर हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना समयमा पूरा नहुने सम्भावना बढेको छ ।

प्रधानमन्त्री ओलीले दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म बिग्रेको सडकका कारण आयोजना निर्माणमा ढिलो भएको भए त्यो सडक तत्काल मर्मत गर्न समेत पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्