डीआईजी चन्दको राजीनामा हेडक्वार्टरले फर्कायो, दियो १० दिन बिदा

डीआईजी चन्दको राजीनामा हेडक्वार्टरले फर्कायो, दियो १० दिन बिदा


काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले पदबाट दिएको राजीनामा प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ।

राजीनामाको प्रक्रिया र ढाँचा नमिलेको भन्दै प्रधान कार्यालयले उनको राजीनामा पत्र फिर्ता गरिदिएको स्रोतले जानकारी दिएको छ।

डिआइजी चन्दले गत शुक्रबार राजीनामा दिएका थिए। उक्त राजीनामा पत्र मंगलबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग पुगेको थियो।

यसबीचमा डिआइजी चन्दले आइजिपी बसन्तबहादुर कुँवरसँग भेटेका थिए। कुँवर र चन्द एउटै ब्याचका हुन्। आइजिपी कुँवरले राजीनामा फिर्ता लिन सुझाव दिएका थिए।

साथै एआइजीहरूले पनि डिआइजी चन्दलाई राजीनामाबारे पुनर्विचार गर्न सुझाव दिएका थिए।