Logo

पोर्तुगलमा नेपालीले मनाए होली (फोटो फिचर)



♦बाशुदेव सत्याल

पोर्तुगल । ​हिन्दु हरु को रमाईलो चाड होलि पोर्तुगल मा भब्यता का साथ समपन्न भएको छ! अप्रबाशी हरु को सस्कृती लाई सम्मान स्वोरुप पहिलो पटक पोर्तुगिस सरकार को स्थानिय निकाय ओदिमेरा नगरपालिका तथा गैह्राआबासिय नेपाली संघ क्षेत्रिय समिती अलेन्तेजो र ग्रोईङ टुगेदर को सयुक्त पहल मा होलि कार्यक्रम भएको हो! लगभग १५०० को संख्या नेपाली हरु को बसोबाँस पाईएको यो क्षेत्र मा अप्रबाशी हरुको विशेष चाड लाई महत्वोपुर्ण रुप मा लिई कार्यक्रम आयोजना गरिएको ओदिमेरा नगरपालिका कि कार्यक्रम प्रमुख डिदिन्दा लुईस ले बताइन! कार्यक्रम मा करिब ३०० को संख्या मा नेपाली हरु उपस्थिति रहेको थियो भने उत्तिकै सन्ख्या मा स्थानिय हरु को सहभागिता रहेको थियो! दिउँसो करिब २:३० बजे सुरु भएको उक्त कार्यक्रम मा पन्डित गङाराम कंडेल को स्वोस्तिबाचन सहित अबिर उदधाटन गरे पश्चात् रङ लगाउन सुरु गरिएको थियो। 

एन आर एन का तर्फ बाट कार्यक्रम का प्रमुख बरिस्ठ उपाध्यक्ष तिलक गैह्रे ले यी किसिम का कार्यक्रम ले नेपाली र पोर्तुगिस बिच मा सामाजिक सद्भाव कायम हुने र आपसी मेलमिलाप पनि हुने बताए ।

कार्यक्रम मा जनसम्पर्क समिती अलेन्तेजो का अध्यक्ष वोकिल केसि ले यी र यस्ता नेपालि सस्कृती झल्काउने कार्यक्रम लाई निरन्तरता दिनु पर्ने भन्दै आगामी दिन अझ सकृयता का साथ लाग्ने प्रतिबद्धता जनाए । 

कार्यक्रम मा एन आर एन अलेन्तेजो का कार्यबाहक अध्यक्ष नारायण भुर्तेल,उपाध्यक्ष द्वय शिव वाग्ले, मोहन मरासिनी महासचिव बिपिन अर्याल को विशेष उपस्थिति रहनु का साथै स्थानीय ब्यबसायी राम कंडेल को उच्च सकृयता मा नगरपरिक्रमा गरे पश्चात् कार्यक्रम समापन भएको थियो

प्रतिक्रिया दिनुहोस्