Logo

शत्रु गतेको रुपै मोहनीको युट्युवमा १ करोड बढी भ्यूज



काठमाडौं । चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको प्रदिप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’मा समावेश गीत रुपै मोहनी’ले युट्युवमा १ करोड बढी भ्यूजको माइलस्टोन पार गरेको छ । यो समाचार तयार पर्दासम्म गीतलाई युट्युवमा १ करोड ७ हजार बढि पटक हेरिएको छ ।

युट्युवमा रिलिज भएको ५३ दिनमा गीतले यो किर्तिमान कायम गरेको हो । गीतलाई हालसम्म ५१ हजारले लाईक गरेका छन् भने ४ हजार ५ सय बराबर कमेन्ट व्यक्त छन् । लोक फ्लेभरको गीतमा टंक बुढाथोकीको संगीत छ भने स्वरमा टंकलाई मीना निरौंलाले साथ दिएकी छिन् ।

किरण केसी प्रस्तुतकर्ता रहेको फिल्म मह सञ्चारको ब्यानरमा तयार भएको हो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौंला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी लगायत लिड रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्