स्थानीयले वडा कार्यालयमा लगाए ताला, टायर बालेर सडक अवरुद्ध

स्थानीयले वडा कार्यालयमा लगाए ताला, टायर बालेर सडक अवरुद्ध


जनकपुरधाम ।

महोत्तरीको औरही नगरपालिका-२ को वडा कार्यालयमा तालाबन्दी गरिएकाे छ।

वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएकाे हाे ।

साहु र ऋणीबीचको तमसुक वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपनि वडाध्यक्ष दरेश यादवले आफूहरुको तमसुक दर्ता नगरिदिएको भन्दै स्थानीय साहु महाजनहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

महोत्तरीको औरही नगरपालिका २ बस्ने जग्दीश यादवले स्थानीय २३ जना साहुबाट ऋण लिएका छन् ।

उनी आफ्नो भाइ भएका कारण वडाध्यक्ष दरेश यादवले कपाली तमसुक दर्ता गर्न नमानेको र लिएको ऋण फिर्ता नगर्न खोजेको भन्दै साहुहरुले तालबान्दी गरेका हुन् ।

उनीहरुले औरहीमा जलेश्वर बर्दिबास सडक खण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।