Logo

नेपाल वायु सेवा निगममा थपिए दुई चिनियाँ जहाज

अब आन्तरिक उडानका लागि ८ जहाज



काठमाडौ । राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुई नयाँ चिनियाँ वाई १२ सिरिजका जहाज भित्र्याएको छ। नेवानिले मंगलबार थप दुई चिनियाँ जहाज नेपाल ल्याएको हो। नयाँ चिनियाँ जहाज ल्याएसँगै नेवानिसँग आन्तरिक उडानका लागि ८ जहाज भएका छन्। तर, थपिएका दुईवटा वाई १२ सिरिज जहाज सहित नेवानिसँग चार वाइ १२ जहाज भएको छ। तर, चार वाई १२ जहाज उडानका लागि दुई पाइलट मात्रै छन्।

विमानस्थल ट्राफिक कन्ट्रोलका प्रमुख सिताराम भन्डारीका अनुसार नयाँ दुई वाइ १२ सिसिजका जहाज मंगलबार दिउँसो एउटा फ्लाइट नम्बर ०७३६ १ः२१ र अर्को ०७५६ १ः४५ जाँदा त्रिभुवन विमानस्थलका ल्यान्ड गरिएको हो ।

नेवानिसँग अब आन्तरिक उडानका लागि दुई एमए ६० , चार वाई १२ र दुइ वटा ट्वीनअटर जहाज भएको छ। अहिले नेवानीको एक ट्वीनअटरले नियमति रुपमा उडान गरिरहे पनि एउटा ट्वीनअटर भने मर्मतमा छ।

तर, पाइलट अभावकै कारण यस अघि नै ल्याइएका दुई वाई १२ सिरिजका जहाजले पनि उडान गर्न सकेका छैनन्।संझौतामा दुईवटा अनुदान र चारवटा सहुलियत ऋणमा जहाज ल्याउने सहमति भएको थियो।सहमतिअनुसार नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ जहाज ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्