Logo

पशुपतिबाट गाँजा बेच्ने बाबासहित १८ जना पक्राउ



काठमाडौं । शिवरात्रीको अवसरमा पशुपति मन्दिर परिसरमा गाँजा बिक्रि गर्ने, सेवन गर्ने र होहल्ला गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। पक्राउ पर्नेहरुमा बाबाहरु समेत छन्।

महानगरीय प्रहरी वृत्त गौशलाको हिरासतमा १२ जना छन् भने महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्राउ गरेको छ। गाँजा खरिद बिक्रि गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए।

पशुपति क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। चोरी तथा लुटपाट हुन सक्ने भएकाले सादा पोशाकमा समेत प्रहरीहरु खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्