सामुदायिक वनका अध्यक्ष थापा पक्राउ

सामुदायिक वनका अध्यक्ष थापा पक्राउ


बारा ।

निजगढ नगरपालिका २ मा रहेकाे वनदेवी सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् ।

वनको जग्गा अतिक्रमण गरेर भोगचलन गरेको आरोपमा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका बहालवाला अध्यक्ष सिद्ध बहादुर थापालाई वन कार्यालयले पक्राउ गरेको हो ।

थापालाई आइतबार नै वन कार्यालयले बारा जिल्ला अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरेको छ ।

२०७३ सालमा वनदेवी सामुदायिक वनका अध्यक्ष थापा सहित लोकप्रिय प्राविका प्रअ मुकुन्द विष्ट, तत्कालीन वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद ढोडारी, मन्दिर निर्माण समितिका राधाकृष्ण पुडासैनी र निजगढ २ बस्ने स्थानीय झलक बहादुर राईसहित २६ जना विरुद्ध वन क्षेत्र अतिक्रमण गरेको आरोपमा वन कार्यालयमा मुद्दा दर्ता छ ।

उनीहरू विरुद्ध ३० बिगाहा भन्दा धेरै वनको जग्गा अतिक्रमण गरेर भागबन्डामा भोगचलन गरेको अभियोग छ ।