Logo

ठगिए एमबीबीएस अध्ययन गर्न बङ्गलादेश गएका नेपालीहरु



काठमाडौ । एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन् । बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन् । नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत प्रतिविद्यार्थी तीनदेखि पाँचलाख रुपियाँसम्म लिने गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले एमबीबीएस अध्ययनका लागि भरसक बङ्गलादेश नजान र जाँदा राम्रोसँग बुझेर मात्र जान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ठगिने नेपाली विद्यार्थीको लामो सूची प्राप्त भएको छ ।’ नेपाली विद्यार्थी बङ्गलादेश गएर मेडिकल कलेजमा अध्ययन गरेको एक÷दुई वर्षमा पनि ठगिने गरेका छन् ।

काउन्सिलका अनुसार बङ्गलादेशमा विदेशी विद्यार्थीहरूका लागि ३० प्रतिशतमात्र सिट छुट्याइएको हुन्छ । कुनै कुनै कलेजमा विदेशी विद्यार्थीका लागि ३० जना कोटा भए पनि ५० जना नेपाली विद्यार्थीलाई भर्ना गरिएको पाइएको छ ।

भारत, बर्मा लगायतका देशबाट समेत बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या धेरै हुने भएकोले नेपालबाट जाने विद्यार्थीले एमबीबीएस अध्ययनका लागि अवसर नपाउने प्रस्ट्याउनु भयो । गोरखापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्