सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो ।

शुक्रबार १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १७ हजार २५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।

हिजो १४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।