Logo

मुगाबे विरुद्ध शनिबार सडकप्रदर्शन गर्न आह्वान



हरारे । जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन शुक्रबार आह्वान गरेको छ । क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भन्नुभयो, “मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।”

उहाँले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले सहभागी हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “सैनिक अधिकारीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेका छन्, यो सफल अभियान हो तर अव सकियो ।”

“हामीले हाम्रो पुरानो गौरब भोलि पनि फर्काउन चाहन्छौं, जव सेनाले सुरु गरेको छ, हाम्रो काम सकिएको छ,” उहाँले थप्नुभयो । मुगाबेका बारेमा अब पछिफर्केर केही गर्नु नपर्ने उहाँको भनाई छ ।

सेनाले शासन हातमा लिएपछि मुगाबे पहिलो पटक शुक्रबार विश्वविद्यालयको दिक्षान्त समारोहमा देखिनु भएको छ । मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्