Logo

मीना र आभासबाट सम्मोहित भए पलेँटीदर्शक



गायिका मीना निरौलाले अगष्ट महिनाको पलेँटीको शुरुवात दुईजना अग्रजगीतकार वैरागी काईंला र मञ्जुलका गीत ‘औंलाहरू चुमेर’र ‘आज रातिसपनामा’ बाट गरिन् ।गायिका मीना संगीतकार आभासको एकल संगीतमाआफ्नो एकल साँझ गर्दै थिइन् । मीनाले अग्रजहरूका गीतबाट कार्यक्रम थालेकोसन्दर्भलाई जोड्दै संगीतकार आभासले भने “युवापुस्ताकी मीनाले अग्रजहरूकागीतबाट आफ्नो कार्यक्रम शुरु गर्नुलाई पलेँटीले दुई पुस्ता बीच सेतुको काम गर्नथालेको कुराको संकेत गरेको छ ।”

त्यसको लगत्तै मीनाले महाकवि लक्ष्मीप्रसाददेवकोटाका दुईवटा गीत ‘जिन्दगीको मौसम’र ‘आप्सराको रुप’प्रस्तुत गरिन् । देवकोटाका गीतहरू प्रस्तुत भएको विगतको पलेँटी सम्झना गर्दै आभासलेदर्शकसित आफ्नो अनुभव बाँडे “देवकोटाको पलेँटी गर्ने क्रममा म निकै मनलगाएर धुन बनाइरहेको थिएँ, यी दुई गीत त्यसैबेला एक दुई दिनकै अन्तरालमाकम्पोज भएका हुन् ।”

उनले देवकोटाको पलेँटीको क्षणलाई सम्झिए “मलाईसम्झना छ त्यस साँझ महाकविका सुपुत्र पद्म देवकोटा र कमलमणी दीक्षितलेमहाकविका बारेमा महत्वपूर्ण टिप्पणी गर्नु भएको थियो । हाम्रा आदरणीयकमलमणी अब हामी माझ हुनुहुन्न तर उहाँले पलेँटीप्रति देखाउनु भएको माया रप्रेरणा अहिले पनि हाम्रो मनमा रहिरहेको छ ।” मीना निरौला मनिपुरमा हुर्केर विवाहपछि नेपाल भित्रिएकी गायिका हुन् मनिपुरका अग्रज कलाकार शान्तनु कुमार लिम्बु मार्फत् पलेँटीको सम्पर्कमाआएकी उनी सन् २००७ देखि यो सांगीतिक शृंखलासित आवद्ध छिन् । मीना यसअघि नेपाली भाषाका धेरै अविस्मरणीय साधक संगीतकार र गीतकारहरूकासाथ पलेँटीमा प्रस्तुत भइसकेकी छिन् ।

उनीसित नेपाली आधुनिक संगीतकामूर्धन्य व्यक्तित्वहरू अम्बर गुरुङ, शान्ति ठटाल, कर्म योञ्जन, रत्न शमशेर थापा,प्रेमध्वज, दिनेश अधिकारी लगायत थुप्रै अग्रजहरूसित पलेँटीमा सहभागी भएकोअनुभव छ । यसपालीको पलेँटी मीनाको जीवनको पहिलो एकल गायनको साँझथियो । “मीनाले विगतका पलेँटीमा अरू धेरै गीतकार, संगीतकारहरूलाई साथ दिएकीथिइन् । आज म उनलाई साथ दिँदै छु । आजको साँझकी मुख्य कलाकार मीनाहुन, मीनाले प्राप्त गरिरहेको लोकप्रियताले मलाई गर्व महशुस हुन्छ”आभासलेभने ।

“मीना अहिले मभन्दा धेरै लोकप्रिय छिन्”आभासले मुस्काउँदै भने । लगत्तै मीनाले प्रतिक्रिया जनाइन् “लोकप्रियताभन्दा ठूलो कुरा मैले पलेँटीमार्फत्आभास दाइ र धेरै अग्रज कलाकार र श्रोताहरूको माया र आशिर्वाद पाएको छु।” त्यसपछि कार्यक्रमले अर्को चरणमा प्रवेश गरेको थियो । यस चरणमा कवि श्रवणमुकारुङका आधा दर्जन गीत प्रस्तुत गरिएको थियो । श्रवणका गीतमा रमाइलाक्षणका साथै मस्तिष्कलाई झकझकाउने खालका अभिव्यक्ति पनि थिए । हाम्रो सामाजिक परिवेशमा यदाकदा घट्ने असोचनीय घटनामाथि बनेको एउटागीत बाबा मलाई मार्नै छ भने तिमी आफैँ मार आगोले जलाई विन्ति नमार मान्छेलाई जिउन चाहिन्छ आगो आगोलाई यसरी बिटुलो नपार मीनाले यो गीत गाइरहँदा सबै दर्शकका आँखा रसाएका मात्र थिएनन् । कति तमुस्किलले हिक्का रोकिरहेका थिए । गीत गाइरहेकी मीना आफैँ पनि निकैभावुक भइरहेकी थिएन् । उनको गला पनि अवरुद्ध हुन खोज्दै थियो तर उनलेसंयमतापूर्वक गाइन् ।

“मीनाजी अहिले निकै लोकप्रिय हुनुहुन्छ । उहाँ त जिल्ला सदरमुकातिर चलेकामेला र प्रदर्शनीतिर व्यस्त हुनुपर्ने गायिका हो । जे होस उहाँले पलेँटीमा आएरप्रस्तुत हुन रुचाउनु राम्रो कलाकार हुने संकेत हो ।” मीनाका बारेमा बोल्दै गरेकाकवि श्रवणले भने । श्रवणले त्यसपछि नेपाली संगीतसित र कविहरूकासम्वन्धका बारेमा धारणा राखे “हामीले नारायणगोपाल, अम्बर गुरुङ, गोपालयोञ्जन जस्ता गायक संगीतकारलाई सुन्दै आएका छौं । त्यो पुस्ताले राम्रा रअर्थपूर्ण गीतका लागि हरिभक्त कटुवाल, भूपी शेरचन जस्ता कविहरूको खोजीगर्थ्यो । त्यो विगत थियो अहिले त्यस्तो भइरहेको छैन । अहिले संगीतकार, गायकर गीतकारहरूको सम्वन्ध धेरै व्यावसायिक भयो ।

यो अब लेनदेनको विषय भयो। गीतमा पद र पैसाले समेत प्रभाव पार्न थाल्यो ।”उनले आफ्नो धारण राखे । “तरआभास वर्तमानका थोरै संगीतकार मध्येका यस्ता संगीतकार हुन् जसलाई राम्राशब्द र कविताको शक्ति थाहा छ । उनी राम्रा गीतकानिम्ति कविहरूको पिछागर्छन् । खोज्छन् ।”श्रवणले प्रस्ट्याए । कवि श्रवणको अभिव्यक्तिपछि आभासले वितेका दुई वर्षमा आफूले गर्दै गरेकोनयाँ सृजनाको कुरो कोट्याए । आभासले गएको वर्ष गायिका मीना निरौला रबेनुका राईलाई साथमा लिएर नेपाली वर्णमाला, स्वरमाला र स–सानाबालबलिकाका लागि ‘नर्सरी राइम्स’ हरू तयार गरेका छन् । “मैलेबालबालिकाका निम्ति गरेका सृजनाहरूको रेकर्डिङदेखि सबै काम सकेरपब्लिकेसन नेपालयलाई जिम्मा लगाएको छु । नेपालयले तिनलाई मल्टिमिडियाप्याकेजका साथ श्रव्यदृश्य र पुस्तकका रुपमा ल्याउने तयारी गरिरहेको छ ।”

आभासले जानकारी गराए । कार्यक्रमको समापन तिनै बालगीतहरूको झलकबाट भएको थियो । दुगुर दुगुर कुइरा दुगुर दुगुर कुइरा दुगुर दुगुर दुगुर दुगुर ए कुइरा तेरो घरमा चोर पस्यो माथि आकाश खुल्ला छ तँ किन आज भुईं बस्यो आभास र मीनालाई वाद्यवादनतर्फ सुरज प्रधानले गीटार, दिनेश रेग्मीले कीबोर्ड,बुद्ध लामाले बाँसुरी, सुन्दर महर्जनले पर्कसन र शन्देश महर्जनले तबलामा साथदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्