Logo

सिर्जु अधिकारीको फिगर कोकाकोला


गायक टंक तिमल्सिनाले पीरतिको तालमा डुब्न खोज्दै फिगर कोकाकोला खोजेका गरेका छन । उनले गायिका सिर्जु अधिकारीको जीउडालको प्रशंसा गर्दै गीत बजारमा ल्याएका छन ,
मिठो बोली र नजरको गोली लागेपछि तिमल्सिनाले तालमा डुब्न चाहेका बताएका छन् । उनले आफुलाई अरुले काले काले राम्रो भन्न थालेपछि हौसिएको बताएका छन् । गायिका सिर्जुले आँफु खडेरीलाई पानी हुँ, खहरेलाई खोला भन्ने जवाफ दिएकि छन् । छिनेको कम्मर, निधारको कोठीलाई अरुले रुचाएको गीतमा सुनाएकि छन् । आँफुलाई देखेपछि सबै दंग परेको उनको अनुभव छ । सिर्जु अधिकारीकै शव्द, लय संगीतमा आएको गीत ‘फिगर कोकाकाला’ मा दुर्गेशले अभिनयमा उनलाई सघाएका छन् । म्युजिक भिडीयो विक्रम चौहानले निर्दैशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्