नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्डबाट सम्मानित

नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्डबाट सम्मानित


काठमाडौं ।

नबिल बैंकले कम्बोडियाको सिम रीपमाआयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।

कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैँकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।

कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका सर्जी पुतेनिखिनले नबिल बैंकका प्रमुखअपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशकाअन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रुपमा भित्र्याउँदै आएको छ ।

नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरू,देशमा ई–कमर्स कारोबार सहज बनाउन पहिलो पेमेन्ट गेटवे लागू गर्ने र पहिलो पटक क्यास रिसायक्लर मेसिन बजारमा ल्याएको थियो ।