आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट यसरी पर्‍याे आवेदन

आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट यसरी पर्‍याे आवेदन


काठमाडौ।

आईएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ३५ करोड ७६ लाख ३६ हजार ९६७ रुपैयाँ बराबरको आवेदन परेको छ।

सीडीएसका अनुसार मंगलबार बिहान १०ः२७ बजेसम्म १८ हजार ५६० जनाले १५ लाख ९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.२५ गुणा बढी आवेदन हो ।

आइएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।