बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेट माथी छलफल हुने

बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेट माथी छलफल हुने


हेटौडा।

बाग्मती प्रदेश सभाको बैठक बस्दैछ । प्रदेश सभा सचिवालय भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ बजे बोलाईएको छ।

आजवाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि आजवाट छलफल सुरु हुनेछ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मंगलबार देखी बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो ।

सो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए, जुन बजेट माथी आज छलफल हुन लागेको हो ।