Logo

समृद्ध नेपाल निर्माण का लागी धारो चिन्हमा मतदान गर्न नगरबासीलाई आग्रह


स्थानिय तह निर्बाचन २०७९ को मौन अबधि शुरू हुन केही घण्टा मात्र बाकी छ। दलमा आबद्ध उमेद्बारी दिएका जनप्रतिनिधी झुट्टा आश्वासन,प्रलोभन,त्रासदी फैलाउन सकृय छन्।कमलामाई नगरपालीका सिन्धुली का स्वतन्त्र तर्फ का मेयर उम्मेदबार दिपेन्द्र बुढाथोकीले भने घर दैलो कार्यक्रम लाई तिब्रता दिइरहेका छन र निर्बाचन आचारसंहीता पूर्ण रूपमा पालन गर्नुपर्ने प्रतिबद्धता जनाएका छन।उनी भन्छन तपाईंले टिकट कसरी पाउनुभयो रु पैसाको बलले रु पर्टिभित्रको गुट्का आधारमा कि, साच्चै तपाईंको लोकप्रियताको आधारमा विचार गरौ, पैसा र गुटका आधारमा उम्मेद्वार भएकाले जितेछन भने आगामी ५ वर्ष तिनले टेरपुच्छर लगाउनेवाला छैनन ।हजारौं गाई को बथान मा बाच्छा ले आफ्नो माउ चिने झैं गरि जनताले पनि इमान्दार प्रतिनिधि चिनेर मतदान गर्नुपर्ने बेला आयको छ उनी बताउछन।

कमलामाई नगरको प्रमुख सरल र सहज नेतृत्व त्यसमा झन बिना स्वार्थ इमानदार लगनशील र चलायामान रुपमा जनताको काम गर्ने नेतृत्व जनताले खोजिरहेको छन। आदर्शका भाषण अनि लेखाइ र बोलि झट्ट हेर्दा राम्रो लाग्न सक्छ तर भित्री आबरण प्रति पनि ध्यान पुर्याउनु हाम्रो कर्तब्य रहन्छ उनी बताउछन। किनकि नेतृत्वको नैतिकता आचरण ,ब्यबहार ले नै थाहा हुन्छ जनताको काम सहि ढंगले गर्न सक्ने कि नसक्ने भन्ने। समय नजिक आएको छ तपाईंहरुले समयमा मै होसको गोलि खानु होस् कुनै प्रलोभनमा नफस्नुहोस,म पूर्ण विश्वास र भरोसाका साथ चुनाबी मैदानमा उत्रिएकाे छु। जनताले दिएको अबसर र जिम्बेवारी लाइ पूर्ण इमान्दारिताको साथ कुनै कसर बाकि नराखी पारदर्शी काम गर्ने प्रतिबध्दता जनाउदछु। म त्यो नगर प्रमुख बन्न चाहन्न जसलाई जनताले भेट्ने बित्तिकै नमस्कार गर्नुपर्ने, म त्यो नगर प्रमुख बन्ने चहना छ जनता भेट्ने बित्तिकै नमस्कार गर्ने । होसियार हुनुहोस चुनाब अघि तपाइको घर दैलो गरेको एक नमस्कारको बदला तपाइलाई ५ वर्ष गुलाम बनाउने हरुसंग, गल्ति नगर्नुहोस चुनाबलाइ दसैँ तिहार जस्तो चाडपर्ब झैँ एक चोटी मनाउदा ५ वर्ष पछुताउनुपर्ने हुन सक्छ। चुनाब हो ,स्वबिबेककाे प्रयोग गरी प्रलोभनमा नफस्न अनुराेध गरेका छन । त्यसैले कमलामाई नगरपालिकाको स्वतन्त्र तर्फ का नगर प्रमुख पदका उमेदवार दिपेन्द्र बिक्रम बुढाथोकि लाई धारो चिन्हमा मतदान गरी समृद्ध नेपाल निर्माण का लागी नगरबासीलाई आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस्