Logo

वामदेव गौतमको दम्पतीलाई नै कोरोना संक्रमण


काठमाडौ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दम्पतीलाई नै कोरोना संक्रमण भएको छ। एमालेका पूर्वउपाध्यक्ष गौतमका छोरा हरिशले बिहीबार बिहान दिएको जानकारी अनुसार गौतम र उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको हो। हरिशले भनेका छन्, ‘हामीहरूको घर पनि कोरोना (ओमिक्रोन) पीडित भएको अवस्था हो ,बाबा–आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ।’

प्रतिक्रिया दिनुहोस्