Logo

सर्लाहीमा प्रहरीले जुवा खेलीरहेका १२ जनालाई पक्राउ


जनकपुरधाम । सर्लाहीमा प्रहरीले जुवा खेलीरहेका १२ जनालाई पक्राउ गरेका छन् । गएराति झण्डै १२ बजे जिल्लाको बागमती नगरपालिका–३ का ढलक बहादुर तमाङगको घरमा जुवा तास खेल भइरहेको सूचनाको आधारमा प्रहरीले १२ जनालाई ४ लाख ८४ हजार ५० रुपैयाँ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

पक्राउ पर्नेमा बागमती नगरपालिका–३ का ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय संचर घिसिङ, ३४ वर्षीय जित बहादुर बम्जन, बसवरिया गाउँपालिका–५ का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह, हरिवन नगरपालिका–१० का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकास अधिकारी, ५७ वर्षीय अर्जुन के।सी।, बरहथवा नगरपालिका–५ का २८ वर्षीय जुनैन अंसारी, वडा नं। १० का २९ वर्षीय रामबिर चौधरी र रौटहटको चन्द्रनगर नगरपालिका–१ का ५१ वर्षीय दिल बहादुर लामा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैजनालाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याइ थप अनुसन्धान थालेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्