Logo

किन गरेनन् यी ३९ जनाले एमाले महाधिवेशन मतदान


नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदान सकिएको छ । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको १०औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन गरिएको हो । बिहान ४ बजेजेदेखि मतदान सुरू भएको थियो।बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनाव गरिएको हो।चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव थिए ।वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् । सदस्यहरुका लागि पनि मतदान भएको छ । अब केही समयपछि मतगणना सुरू हुनेछ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएकोले नतिजा पनि छिट्टै आउने छ ।

प्रतिक्रिया दिनुहोस्